Section 23
सञ्चालकको जवाफदेही र उत्तरदायित्व
(१) सञ्चालकले बैंक वा वित्तीय संस्था मार्पmत वा बैंक वा वित्तीय संस्थाको कामको सिलसिलामा व्यक्तिगत लाभ लिने कुनै काम गर्न गराउन हुँदैन । (२) बैंक वा वित्तीय संस्थाको सञ्चालकको हैसियतले काम गर्ने सञ्चालक आफ्नो अधिकारक्षेत्र नाघी गरेको कुनै पनि काम कारबाही प्रति स्वयं उत्तरदायी हुनेछ । (३) बैंक वा वित्तीय संस्थाको सञ्चालकले संस्थाको कुशल व्यावसायिक रणनीतिको अवलम्बन गरी जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण गर्ने सम्बन्धमा उत्तरदायित्व लिनु पर्नेछ । (४) सञ्चालकले बैंक वा वित्तीय संस्थाको व्यवस्थापनको दैनिक काम कारबाहीमा हस्तक्ष्ोप गर्नु हुँदैन । (५) सञ्चालकले राष्ट्र बैंकले समय समयमा दिएको निर्देशनको पूर्ण रुपमा पालना गर्नु पर्नेछ ।